२ कार्तिक २०८३, सोमबार

यो मुलुकका शासक र प्रशासक कता गए, अवैध पाठ्यपुस्तक भारु मूल्यमा बेचिंदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fake_Bookकाठमाडौ, ५ वैशाख । नेपाल सरकारको पाठ्यक्रममा भारतीय वा विदेशी प्रकाशनको कुनै पुस्तक पठनपाठन गर्नेरगराउने अनुमति छैन ।

तर, नयाँ शैक्षिक सत्र २०७२ सुरु हुनासाथ निजी विद्यालयहरुले विदेशी प्रकाशन र लेखकका चर्को मूल्यका अंग्रेजी पुस्तकहरू अभिभावकहरूलाई किन्न बाध्य तुल्याएका छन् ।

हरेक विद्यालयले अभिभावकलाई कक्षागत रुपमा भर्ना र मासिक शुल्कको बिलसँगै पुस्तकको प्रकाशकसमेत उल्लेख भएको सूची थमाउने गरेको गरेको कान्तिपुर दैनिकले छापेको छ ।

त्यतिमात्र होइन, कुन पुस्तक कुन पसलमा किन्ने भन्नेसमेत सुझाउँछन् ।

यसको पहिलो उदाहरण हो क्याम्ब्रिज प्रकाशनको नेल्सन इङलिस बुक सेरिजहरु । यो किताब सरकारको पाठ्यक्रमअनुकुल छैन । सात कक्षाको वर्कबुक जम्मा १ सय २८ पृष्ठको छ । मूल्य भारतीय रुपैयाँ २ सय ३० उल्लेख छ, जसको ४ सय २ रुपैयाँ पर्न आउँछ ।

यो पुस्तक भाषाज्ञानका निम्ति अभ्यासमात्र हो । आवरण र भित्री सामग्रीहरू श्यामश्वेतमा छापिएका छन् ।

यसका सामग्रीहरु विद्यार्थीलाई अंग्रेजी ग्रामरको अभ्यासका निम्ति भर्न लगाउने, प्रयोगात्मक अभ्यासका निम्तिमात्र उदाहरणका रुपमा राखिएका छन् ।

त्यसैगरी ‘स्टुडेन्ट बुक फिक्सन’ २ यस २४ पानाको छ भने भारु मूल्य ४ सय ५६ रुपैयाँ रहेको छ । यसलाई नेपाली रुपैयाँ ६ सय २९ रुपैयाँ ६० पैसा पर्न आउँछ । आवरणदेखि भित्री सामग्री, चित्र तथा फोटोहरु सबै रंगिन छन् । यसमा समेटिएका सामग्री नेपालको सन्दर्भसँगै मेल खाँदैनन् ।

नेल्सन प्रकाशनका यी पुस्तकको लेखक विन्डी रेन र कन्सल्टेन्ट जोन ज्याकमेन उल्लेख छ । पाठ्यपुस्तकको अन्तिम पृष्ठमा इन्डिया, बंगलादेश, नेपाल, भुटान, श्रीलंका र म्यानमारमा मात्र बिक्री हुने उल्लेख छ । कक्षा १ देखि ८ सम्मका किताब र वर्कबुक गरी दुई दुईवटा सिरिज रहेको आवरणमा उल्लेख छ । यसैको टिचर्स बुक समेत रहेका छन् ।

अक्सफोर्ड प्रकाशनबाट प्रकाशित पुस्तकहरू बिक्री गरिएका छन् । इन्डियन प्रकाशनका गुल्मोहर, एलटीसी, इसेन्सिएल ग्रामरलगायतका विभिन्न पुस्तकहरु अभिभावकहरु चूपचाप किन्न बाध्य छन् ।

पाठ्यक्रम विकास केन्द्रले स्विकृति दिएको विदेशी प्रकाशनले नियमानुसार पाठ्यपुस्तकको आवरणमै नेपालका लागि भनेर उल्लेख गरेको हुनुपर्छ । नेपालीमै मूल्य लेखिएको हुनुपर्छ ।