बुटवल, ४ बैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्विनी अंञ्चल इन्चार्ज रामनाथ ढकालको निधन भएको १३ औं दिनमा पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज लुम्विनी अंञ्चलका सबै जिल्लामो शोकसभा आयोजना गरिएका छन् ।
नेता ढकालको राजनीतिक क्षेत्र यसै जिल्ला भएकाले पनि अंञ्लका ६ वटै जिल्लामा एमाले जिल्ला कमिटीको आयोजनामा केन्द्रका पदाधिकारी नेताहरुको आतिथ्यतामा शोकसभा गरिएको थियो ।
पूर्व राज्य व्यवस्था समितिका सभापति समेत रहेका ढकालको चैत्र २२ गते दिउसो काठमाडौंमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।
यसैक्रममा आज एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको शोकसभामा बोल्ने वक्ताहरुले नेता ढकालको निधनले देशले एक योद्धा गुमाएको बताए । स्वर्गिय नेता ढकालको फोटोमा माल्यार्पण गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले नेता ढकालमा विवेक विश्लेषण र तथ्यका आधारमा अगाडी बढ्ने क्षमता रहेको स्मरण गर्दै एमालेले ढकालको निधनपछि एउटा कुशल संगठक गुमाएको बताउनुभयो ।
उहाँले मृत्युसँग कहिल्यै नडराउने नेता ढकाललाई मृत्युले यति छिटो जित्छ भन्ने आफुले कहिल्यै बिश्वासनै नगरेको बताउनुभयो । पार्टिमा विचार निर्माणको लागि योगदान व्यक्तिको निधनले सिंगो पार्टिलाई ठूलो क्षति भएको बताउनुभयो ।
अर्का उपमहासचिव घनश्याम भुसालले मान्छे जन्मिएपछि मृत्यु स्वभाविक भएपनि नेता ढकालको मृत्यु कसैले कल्पना पनि नगरेको अस्वभाविक भएको बताउनुभयो । धेरै विषयमा सोंचेर एकैपटक निर्णय गर्न सक्ने क्षमताको धनी स्वर्गिय ढकालले समय, समाज र ईतिहांसको आवश्यकतालाई बुझेर पार्टि तथा राष्ट्रको लागि भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले स्वर्गिय नेता ढकाल एमाले पार्टिको मात्र नभई सिंगो समाजको अगुवा भएको स्मरण गर्दै उहांको अभावलाई देशले तत्काल पुरा गर्न नसक्ने बताउनुभयो । देश निर्माणको महत्वपूर्ण अवस्थामा उहांजस्तो व्यक्ति गुमाउनुपर्दा देशलाई नै ठूलो पिडा भएको बताउनुभयो ।
एमाले जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य लिला गिरी, खिमलाल भट्टराई, सेराज अहमद फारकी, पूर्व अञ्चल ईन्चार्ज नेत्र पन्थी, सभासद आदित्य नारायण कसौधन, लुम्बिनी अञ्चल सचिव गोपाल भट्टराई, नेपाली कांग्रेसका युवराज गिरी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, खेम प्रसाद लुईटेल, पुरुषोत्तम घिमिरे, सावित्रा अर्याल लगायतले नेता ढकालले देखाएको निष्ठा र सत्यको बाटोमा लाग्न सकेमात्र उहांप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको थियो ।
सो अवसरमा पार्टिका जिल्ला उपाध्यक्ष शिव सुवेदीले स्वर्गिय नेता ढकालको राजनितिक जिवनी वाचन गर्नुभएको थियो । कार्यक्रममा सहभागि एमाले नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले स्वर्गिय ढकालको फोटोमा फुल अबिर चढाएर श्रद्धाञ्जली दिएका थिए ।
यस्तै आज बिहान कपिलवस्तु जिल्ला कमिटीले आयोजना गरेको शोससभामा एमाले उपमहासचिव घनश्याम भुषालले स्वर्गिय ढकालको निधनले सिङ्गो पार्टि लगायत राष्ट्रलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।
उहाले राजाको विरुद्ध र गणतन्त्रको पक्षमा आन्दोलनको भुमरी फुटाउन स्वर्गिय नेता ढकालले महत्वपुर्ण काम गरेको स्मरण गर्नुभयो ।
नेपाललाई समृद्ध र समुन्नत गराउन चाहने एक मात्र शक्ति नेकपा एमाले भएको बताउदै त्यसको लागी एमालेको नवौ महाधिवेशनले महत्वपुर्ण निणर्य गरेको उपमहासचिव भुषालले जानकारी दिनुभयो ।
एमाले जिल्ला अध्यक्ष झबिलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सिराज अहमद फारुकि, एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, पार्टी राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य मित्रलाल शर्मा, अनेमसंघकि केन्द्रिय सदस्य बिमला घिमिरे, सभासद बलराम अधिकारी, विश्राम प्रसाद थारु लगायतले नेता ढकालले गरेको कामको प्रसंसा गर्नुभएको थियो ।
उता स्वर्गिय ढकालको स्मृतिमा नेकपा एमाले अर्घाखाँचीले पनि शोकसभाको आयोजना ग¥यो । शभालाई नेकपा एमाले स्थायी समिति सदस्य किरण गुरुङ्गले सभालाई सम्वोधन गर्दै ढकालको निधनले पार्टीलाई निकै ठूलो क्षति पुगेको बताउनुभयो । उनले ढकाल निडर स्वभावको नेता भएको चर्चा गर्दै पार्टी काममा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँ, केन्द्रीय सदस्य वोमबहादुर विक, क्षेत्र नं. २ का संविधानसभा सदस्य डा दुमनसिंह थापा, नरेन्द्र कुमार क्षेत्री, पिताम्मर भुसाल, अञ्चल कमिटीका पूर्व सदस्य रामजीप्रसाद घिमिरे लगायतले मन्तव्य राख्दै पार्टी जीवनमा ढकालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
यस्तै नेकपा एमाले नवलपरासीले एमाले नेता स्वर्गिय ढकालको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको दुई ठाउँमा एमालेले सभा गरेको हो । दाउन्ने पश्चिम परासी र क्षेत्र नं.१ , २ र ३ ले कावासोतीको पार्टी कार्यालय परिसरमा श्रद्धाञ्जली सभा गरेको छ । परासीमा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । उहाँले रामनाथ ढकालको अभावमा पार्टीको कामलाई ब्यबस्थित गर्दा मात्र उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तिलक महत , जिल्ला अध्यक्ष रोशनबहादुर गाहा लगाएकाले सो अवसरमा बोल्नु भएको थियो । यता कावासोतीमा भएको श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल सह इञ्चार्ज बैजनाथ चौधरीले ढकालको निधनले सिंङगो पार्टीलाई क्षति पुगेको बताउनु भयो । क्षमतावान नेताको निधनले लुम्बिनीलाई टुहुरो बनाएको छ उहाँले भन्नुभयो ।
लुम्बिनीको पार्टी कामलाई उचाईमा लैजाने गरी योजनाहरु बनेका थिए उहाँको निधनले त्यसलाई ब्रेक गर्ने काम गरेको केन्द्रीय सदस्य चौधरीले बताउनु भयो । एमाले जिल्ला सचिव जीवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण पौडेल, कृष्ण घिमिरे, दीपक अधिकारी, दुर्गादत्त भण्डारी, चन्द्रमणी खराल, बिष्णुप्रसाद भुषाल, पूर्णप्रकाश विक लगाएकाले बोल्नु भएको थियो ।















प्रतिक्रिया