
काठमाडौँ, २६ माघ । एमसीसीविरुद्ध सत्तारुढ जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी लगायतले प्रदर्शन गर्दैछन् ।
उनीहरुले १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपालले प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले एमसीसी पारित गर्न लागेको बेला त्यसको विरोधमा प्रदर्शन तीव्र बनाइएको हो ।












प्रतिक्रिया