
काठमाडौं, २६ माघ । गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ ।
सञ्जित श्रेष्ठको शब्द, संगीत रहेको प्रेमिल शैलीको गीतमा सञ्जल भण्डारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट सञ्चालित चर्चित सागीतिक समूह ‘द नेक्स्ट’को युट्युब च्यानलबाट रिलिज गरिएको हो ।















प्रतिक्रिया