१८ कार्तिक २०८३, बुधबार

कर्णाली पुल चाँडो सम्पन्न गर्न मन्त्रालयको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । सांसदहरुले कणार्ली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसद्हरु निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद् धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायतका आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ ।

उहाँले भन्नुभयो, “अहिलेसम्म ७५ प्रतिशत काम भइसकेको पुल चाँडो सक्न हामीले भनेका छौँ, अहिले तीन चार महिनादेखि काम ठप्प छ ।”

टोलीले विगतमा ठेक्का भएका कतिपय पुल अझै निर्माण अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएको छ । झण्डै तीन÷चार वर्ष पहिले योजनामा परेका अरु कतिपय पुल प्रक्रियामा नगएको भन्दै त्यसलाई अघि बढाउन भनिएको सांसद् धामीले बताउनुभयो ।

सचिव श्रेष्ठले महाकाली पुलमा जतिसक्दो चाँडो डिजाइन अनुमोदन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले चार वर्ष पहिले महाकाली नदी पारी रहेको दोधारा–चाँदनीलाई जोड्ने गरी पुल निर्माण सुरु गरेको थियो । सो पुलले दोधारा चाँदनीलाई भीमदत्त नगरपालिकासँग जोड्नेछ ।–रासस