१८ कार्तिक २०८३, बुधबार

भानुभक्त आचार्यको नेतृत्वमा प्रेस चौतारी कैलालीको नयाँ समिति सर्वसम्मत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ माघ । प्रेस चौतारी नेपाल कैलालीको नयाँ कार्य समिति चयन गरिएको छ ।

मंगलबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएको प्रेस चौतारीले जनाएको छ।

उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष (महिला) गीता चौधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रौशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आथित्यतामा भएको उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पौडेल, महासचिव शिवराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।