
काठमाडौँ, २५ माघ । वुधबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठकमा एमसीसी के होला भन्ने आम चासो रहेको छ ।
बैठकका सम्भावित कार्यक्रमहरु पनि तय भएका छन् ।
भोलिका बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएका छ ।
भोलिको बैठक पनि अवरोध गर्ने एमालेको नीति रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्नेपर्ने दवावमा रहेका छन् । जसका लागि उनले विभिन्न दलहरुसँग छलफल तीव्र बनाएका पनि छन् । तर अझै टुंगिन सकेको छैन । भोलिको बैठकमा एमसीसी टेवल नहुने देखिएको छ ।












प्रतिक्रिया