
काठमाडौं, ४ वैशाख । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ मोबाइल एक्स्पो २०१५ को आठौं दिन सम्म ९ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।
जारी एक्स्पोको आठौं दिन सम्ममा करिब ६ लाख अबलोकनकर्ताहरु एक्स्पो हेर्न आएको सिटिसि मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो ।
एक्स्पो अबधीमा सामसुङ, माइक्रोम्याक्स, कलर्श, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च रहेको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिनुभयो । एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र मा प्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको बजारले जनाएको छ ।
एक्स्पोको नबौं दिन शनिबार जुनसुकै मोबाइल खरिदमा सारी एउटा सारी निशुल्क प्रदान गरिने भएको छ । आमा खुवाउने औंशीको अबसर पार्दै हरेक मोबाइलको खरिदमा एउटा साडी उपहार दिइने उपाध्यक्ष माधब रोकाहाले जानकारी दिनुभयो ।
सुचना प्रबिधीको नयाँ आधार सबैका लागि सिटिसी मोबाइल बजार मुख्य नाराका साथ बजारलाई चिनाउन गरिएको यो मोबाइल एक्स्पोमा सोचेभन्दा राम्रो कारोबार भइरहेको र अबलोकनकर्ताको उल्लेख्य सहभागिता भएको बजारले जनाएको छ ।
मेला अबधीमा कलर्श मोबाइलको छुट अफरमा मा सिटिसी मोबाइल बजारमा कलर्श मोबाइल खरिद गर्दा कलंकीका शुरेस चन्द्र श्रेष्ठले ५० हजार र मोबाइल बजारकै सिटिभी मोबाइलमा पिएन लामाले कलर्सको के २० ड्रोइड मोबाइल खरिद गर्दा २५ हजार क्यास पाएको कलर्श मोबाइलले जनाएको छ ।
शुक्रबार मात्रै बजारले दर्जन बढी मोबाइलको लक्की ड्र गरेको थियो । मल म्याराथन गरि बिजेतालाई मोबाइल पुरस्कार दिइएको थियो । रेज मोबाइलले दैनिक एक वटा मोबाइल लक्की ड्र गरिरहेको छ ।
शुक्रबार एक्स्पोमा उल्लेख्य अबलोकनकर्ता आएको र शनिबार पनि अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहने बिश्वास बजारले लिएको छ ।
प्रत्येक मोबाइलको खरिदमा साडी पाउने अबसरलाई नगुमाउन बजारले अबलोकनकर्ता तथा उपभोक्तालाई आब्हान गरेको छ । शनिबार मेलालाई रोमांचक बनाउन बजारले हाँस्य कलाकार मार्फत मनोरंजन दिने जानकारी गराएको छ ।




















प्रतिक्रिया