१८ कार्तिक २०८३, बुधबार

बेलायतले दिएको ८ लाख कोरोना खोप काठमाडौँमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । बेलायतले नेपाललाई दिएको ८ लाख कोरोना खोप काठमाडौँ आइपुगेको छ ।

जम्मा दिन लागेको २१ लाख कोरोना खोपमध्ये ८ लाख डोज सोमबार काठमाडौँ आइपुगेको छ ।

खोप आइपुगेकोबारे नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएकी छन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदैछ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरु पनि केही दिनभित्रै नेपालमा आउने उनले जनाएकी छन् । ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।