काठमाडौं, ४ वैशाख । चार बालकालाई भारततर्फ लैजान खोज्ने महिलालाई प्रहरीले काठमाडौंमा गिरफ्तार गरेको छ ।
होटलमा काम लगाइदिन्छु भनी ललाई फकाई ४ बालकलाई भारततर्फ लैजान लागेको अवस्थामा काठमाडौं आरुबारी बस्ने मकवानपुरकी ३० वर्षीया रोमा माया जिम्वालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले बिहीबार पक्राउ गरेको हो ।
काठमाडौंबाट भारतको दिल्लीतर्फ जादै गरेको ना.३ ख २९१३ नम्बरको यात्रुबाहक बसमा ती बालकहरूलाई त्यसतर्फ लान लागेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।















प्रतिक्रिया