१ कार्तिक २०८३, आइतबार

मेस्सीको गोलमा पीएसजीको सानदार जित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।

भिलेुनएभमा आइतबार राति भएको खेलमा पीएसजीले लिललाई उसकै मैदानमा ५–१ को भारी अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले दुई तथा प्रेसनेल किमपेम्वे, लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान एक गोल गरे । घरेलु टोलीका स्भेन बोटमानले एक गोल फर्काए ।

यो सानदार जितसँगै पीएसजीले शीर्षस्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ । पराजित लिल ३२ अंक जोडेर ११औं स्थानमा छ ।