
रसुवा, ४ वैशाख । स्वास्थ्यका लागि अत्यावस्यक आइरन तत्व प्राप्त गर्न गाउँ गाउँमा रहेका महिला स्वास्थ्य स्वयमसेविकालाई कालिकास्थानमा एक कार्यक्रममा फलामे कराई बितरण गरिएके छ ।
जिल्लाको भोर्ले, लहरेपौवा र धैबुङ्गका गरी ९२ जना स्वास्थ्य स्वयम् सेविकाहरुलाई पोशिलो जाउलो तयार गरी गाउँ गाउँमा वालबालिकाहरुलाई खुवाउन प्ररित गर्न फलामे कराई बितरण गरिएको हो ।
स्वास्थ्य, पोषण र सरसफाई क्षेत्रमा क्रियाशिल सुआहारा कार्यक्रमको आयोजनामा स्वयम् सेविकाहरुलाई कराई तथा राष्ट्रिय भिटामिन ए कार्यक्रमबाट प्राप्त झोला निमित्त रसुवा जिल्ला स्वास्थ्य प्रमुख बीरेन्द्र शाहले बितरण गर्नु भएको हो ।
शाहले फलामे कराईमा फकाएर खानेकुरा खादा र बालबालिकाहरुलाई खुवाउदा आईरन तत्व पाईने र यसको महत्व बारे गाउँ गाउँमा सिकाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य, पोषण र सरसफाई सन्देश मुलक नारा लगाउँदै र्याली कालिकास्थानदेखि घुम्ति बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा लहरेपौवा स्वास्थ्य चौकीका प्रमुख रबिन्द्र ठकुरी, जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रका नबराज न्यौपाने, सुआहारा कार्यक्रम संयोजक मनोज मिश्र, राडारका संझना श्रेष्ठ लगायत उपस्थित थिए ।

















प्रतिक्रिया