
काठमाडौं, २३ माघ । ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को पहिलो विजेता कृपा पौडेल बनेकी छिन् ।
प्रतियोगितामा दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाँल फस्ट रनर अप भए । प्रतियोगितामा अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभभित्र पर्न सफल भए ।
आज आइतबार बिहान २ बजे सम्पन्न ग्राण्ड फिनालेबाट पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा उनी दर्शक तथा श्रोताको भोटिङको आधारमा विजेता घोषित गरिएको जानकारी दिइएको छ ।















प्रतिक्रिया