८ कार्तिक २०८३, आइतबार

लागूऔषधसहित काठमाडौंको नागढुंगाबाट एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । लागूऔषधसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषधसहित ती व्यक्तिलाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ घर भएका ४६ वर्षीय शिव चरण दास छन् ।

हिजो बुधबार धरानबाट काठमाडौं आउँदै गरेको ना. ७ ख ३२५५ नम्बरको बसमा सवार दासको साथबाट प्रहरीले ३४० एम्फुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको बताएको छ ।