
सोलुखुम्बु, २० माघ । नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका–७ का वडा सभापति मिलनकुमार राई हातहतियार तथा खरखजना कसुरमा पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राईलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया