८ कार्तिक २०८३, आइतबार

एमाले लमजुङको पहिलो बैठक ‘स्मार्ट भिलेज’ घलेगाउँमा बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक ‘स्मार्ट भिलेज’को नामले परिचित घलेगाउँमा बस्ने भएको छ ।

आइतबार पार्टी कार्यालय लमजुङमा बसेको एमाले लमजुङको पदाधिकारी बैठकले माघ २८ गते शुक्रबार बस्ने बैठक क्व्होलासोंथर गाउँपालिका–३ स्थित ‘स्मार्ट भिलेज’ घलेगाउँमा आयोजना गर्ने निर्णय गरेको हो । एमाले लमजुङको अधिवेशन सम्पन्न भएसँगै तेस्रो लहरको कोरोना संक्रमणले तीव्रता लिएपछि बैठक बस्न सकिरहेको थिएन ।

उक्त बैठकले जिम्मेवारी बाँडफाँड, सचिवालय गठनलगायत निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् । अहिले जिम्मेवारी बाँडफाँड नभइसेकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसंग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् ।