२ कार्तिक २०८३, सोमबार

शान्तिश्री परियारको ‘ए मैना’ म्युजिक भिडियोसहित सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । गायिका शान्तिश्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ए मैना’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

झझल्को डिजिटलको अफिसिय युटुवमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि नेपाली मौलिक गीत संगीतको सृजनानामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।

गीतमा प्रेमील जोडीबीचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसीको छायाँकन, अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ ।

‘ए मैना’गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।