८ कार्तिक २०८३, आइतबार

घट्दै संक्रमण, थप ५ हजार ५८३ जनामा कोरोना, ९ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ७७६ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ८९८ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ५८३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ८८ हजार २५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ७१ हजार १६५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना रहेको छ ।

आज ३ लाख ९९ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

गत ४ दिनमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।