१९ कार्तिक २०८३, बिहिबार

एमालेको बटमलाइनः माग सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोधको बिषयमा उठाइएको माग सम्बोधन नभएसम्म आफ्नो पार्टी अन्य एजेण्डामा प्रवेश नै नगर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धन दल तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमसीसी पारित गर्ने सहमति भएको अफवाह फैल्याएपछि महासचिव पोखरेलले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन, तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ महासचिव पोखरेलले भनेका छन् ।