
काठमाडौँ, १८ माघ । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध कोरोना खोपमा घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध उजुरी दर्ता गरेको हो ।
खतिवडा स्वास्थ्यमन्त्री भएपछि कोरोनाविरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए ।
मंगलबार दर्ता गरिएको उजुरीमा राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको उल्लेख छ ।
सरकारले २४ लाख खोपको तथ्यांक नभएको जनाएपछि चौतर्फी विरोध भएको छ ।













प्रतिक्रिया