८ कार्तिक २०८३, आइतबार

किसानलाई आधुनिक कृषि उपकरण वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १८ माघ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजना अन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रु ६० लाख बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि परियोजना एकाईले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताउनुभयो । जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएका छन् ।

वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा ट्र्याक्टर १, पावर ट्रिलर १, मिनी ट्रिलर २५, कम्बाइमिल २९, बीडर १, भ¥याङ , फुटस्प्रेट ६, तौल मेसिन २६, थ्रेसर दुई थानलगायतका उपकरण तथा सामग्री छन् ।

यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृिष फार्म र दूधकोशी बहुउद्देश्य कृषि फार्मलाई रु २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको पनि सूचना अधिकारी पोखरेलले बताउनुभयो । –रासस