२ कार्तिक २०८३, सोमबार

संविधानसभाका कर्मचारीले तीन करोड रुपियाँमा के खाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalकाठमाडौं, ४ वैशाख । कार्यालय समयभन्दा अतिरिक्त काम गरेको भन्दै संविधानसभा सचिवालयले आफ्ना कर्मचारीलाई एक वर्षको अवधिमा तीन करोड रुपैयाँको खाना–खाजा खुवाएको छ ।

महालेखा परीक्षकको कार्यालयले भने उक्त रकम नियमविपरीत खर्च भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सचिवालयले कार्यालय समयको अघिपछि काममा लगाउँदा विहान बेलुका प्रतिछाक काममा लगाउँदा विहान र बेलुका प्रतिछाक दुई सय ५० र विदाको दिन सात सय ५० का दरले कर्मचारीलाई दुई करोड ९७ लाख ६४ हजार रुपैयाँ उपलब्ध गराएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रोत्साहन भत्ता उपलब्ध गराइकै अवस्थामा कर्मचारीलाई यस्तो थप सुविधा दिइएको थियो ।

महालेखा परीक्षकको कार्यालयले प्रोत्साहन भत्ता दिइएको अवस्थामा कर्मचारीलाई खाजा–खानाको सुविधा दिन नमिल्ने जनाएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको कार्यसञ्चालन निर्देशिकामा प्रोत्साहन भत्ता लागू भएका निकायमा खाजा र खानामा खर्च नदिने ब्यवस्था छ ।