
काठमाडौं, १८ माघ । गायिका प्रतिमाले केसीले नयाँ गीत संसारको चाल बजारमा ल्याएकी छिन् ।
आहा टीभीमार्फत बजारमा आएको गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन् । प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द/संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन् ।
वित्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले इडिट गरेका हुन् ।
प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छिन् ।















प्रतिक्रिया