२ कार्तिक २०८३, सोमबार

मोस्ट वान्टेड नेतालाई सत्तारुढ एमालेको संरक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yognarayan Yadavजनकपुर, ४ वैशाख । दुई जनाको हत्या अभियोगमा प्रहरीद्वारा सर्वाधिक खोजी सूचीमा राखिएका योगनारायण यादवलाई एमालेले संरक्षण दिएको आरोप लागिरहेका बेला सोही पार्टीका एक जिम्मेवार नेताले उक्त आरोपको पुष्टि गरेका छन् ।

प्रहरीले खोज्दा फेला नपरेका वैकल्पिक पोलिटव्युरो सदस्य योगनारायण पार्टीकै सम्पर्कमा रहेको एमाले धनुषा इन्चार्जले बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रहरीले योगनारायणलाई एक महिनादेखि खोज्दा भेट्न नसकेकै बेला एमाले धनुषाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रहरीको अनुसन्धानमाथि आफूहरुको विश्वास नरहेको बताए ।

‘प्रहरीमाथि हामीलाई भरोसा छैन,त्यसैले योगनारायणलाई प्रहरी समक्ष आउन नदिएका हौं । मुद्दा अदालतमा दर्ता भएपछि उहाँ आफैं आउनुहुन्छ ।’

चैत ८ गते धनुषाको सबैंला बजारस्थित मदन–आश्रित निमाविको व्यवस्थापन समितिबारे विवादमा झडप हुँदा रामसेवक राउत गडेरीको मृत्यु भएको थियो ।

सोही दिन राति स्थानीय रामप्रकास यादवको गोली हानी हत्या गरिएको थियो ।

यी दुवै घटनामा योगनारायणका हात रहेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको छ ।