
काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे सञ्चारमाध्यममा आएका प्रसङ्गहरू मिथ्या भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित नभए गठबन्धन तोड्ने र एमसीसी पारित गर्न गठबन्धनबीच सहमति भएको दुई वटै कुरा मिथ्या भएको नेता श्रेष्ठको दाबी छ ।
उनले आइतबार राति एउटा ट्विट गर्दै लेखेका छन्, ‘कुनै भ्रममा नपरौं : प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’
अरु पार्टीले जे गरे पनि माओवादी केन्द्र यथास्थितिमा एमसीसीको पक्षमा नभएको उनले स्पष्ट पारेका छन् । त्यसकारण गठबन्धनभित्र एमसीसी पारित गर्न सहमति बन्यो भन्नु मिथ्या भएको उनको दाबी छ ।















प्रतिक्रिया