जाजरकोट, ४ वैशाख । तीन साताअघि फैलिएको मौसमी रुघाखोकी र स्वाईन फ्लुको संक्रमण पैंक र सक्ला गाविसमा नियन्त्रणमा आउन थालेको छ ।
ती गाविसमा बिरामी संख्या घटेको छ । बिरामी आउन छाडेकाले नियन्त्रणमा आएको हुनसक्ने चिकित्सकको दाबी छ । तर, नायकबाडा र टालेगाउँमा भने संक्रमण फैलिँदो क्रममा छ । प्रकोप नियन्त्रणमा नआउँदा सर्वसाधारणमा स्वाइन फ्लुको त्रास हटेको छैन ।
पैकमा १ हजार ३ सय बिरामीको उपचार गरिएको डा दीपक पुनले बताए । त्यहाँ सेनाको स्वास्थ्य टोलीबाट बुधवार २ सय बिरामीले उपचार गराएको उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
टालेगाउँमा १० बिरामी सिकिस्त छन् । त्यस्तै, नायकबाडाको वडा १, २, ३ र ४ मा १ सय ५० भन्दा बढी बिरामी परेका छन् । ती गाउँमा एउटै घरमा ३र४ बिरामी रहेको स्थानीय जनकबहादुर शाहीले बताए । मजकोट, झाप्रा र कोर्ताङ्गमा पनि रोगको प्रकोप फैलिएको छ ।















प्रतिक्रिया