
काठमाडौँ, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनित गरेका छन् ।
उनले पार्टीको विधान बमोजिम दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साह महामन्त्री बनेका छन् ।
त्यस्तै, अध्यक्ष लिङ्देनले भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका छन् ।
त्यस्तै, प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता बनाएका छन् ।
मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङले सहमहामन्त्रीको जिम्मेवारी पाएका छन् ।
सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राई मनोनित भएका छन् । यससँगै अब राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।













प्रतिक्रिया