८ कार्तिक २०८३, आइतबार

थप ३ हजार ५४० जनामा कोरोना, ३२ जनाको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९१० पीसीआर र एन्टिजेन विधिबाट ३ हजार २३५ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ५४० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ७७ हजार ३७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ५४ हजार ७१९ जना पुगेको छ ।

जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना रहेको छ ।

हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

गत ४ दिनमा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।