
काठमाडौँ, १६ माघ । नेपाल बार एसोसिएसनले कुनै पनि बहाना निर्वाचन नसार्न सरकारलाई चेतावनी दिएको छ ।
आइतबार एशोसियसनले एक ज्ञिप्ति जारी गर्दै संविधानअनुसार निर्धारित समयमा नै निर्वाचन गर्नुपर्ने बताएको हो ।
‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया