
काठमाडौँ, १६ माघ । पछिल्लो केही दिनदेखि निरन्तर घटेको शेयर बजार साताको पहिलो दिन आइतबार १०५ अंकले बढेको छ ।
आज नेप्से परिसूचक १०५.५५ ले बढेर २८८५.५३ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १९.८१ ले बढेर ५३८.५४ मा पुगेको छ ।
आजको दिनमा सबै कम्पनीले कमाएका छन् । विभिन्न कम्पनीका एक करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख बढीको कारोबार भएको छ ।
बजार बढेपछि लगानीकर्तामा उत्साह छाएको छ ।












प्रतिक्रिया