१९ कार्तिक २०८३, बिहिबार

प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी सर्वसम्मत चयन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १५ माघ । प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी निर्विरोध चयन भएका छन् ।

शनिबार गोरखाको सदरमुकाममा भएको शाखाको चौथौ जिल्ला अधिवेशनले दानीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

त्यस्तै, समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव(खुल्ला)मा सुजन बस्नेत, , सहसचिव(समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा उर्मिला गुरुङ,सुशील भारती अश्विन थापा, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।

वि. सं. २०७३ सालदेखि पत्रकारितामा लागेका दानी जनचासो टाइम्सका संचालक हुन् । यसअघि दरौदी दैनिक, थाहाखबर, प्राइमटाइम्स टेलिभिजन, हिमालय टिभीमा काम गरिसकेका सकेका उनी हाल समाचार एजेन्सी न्यूज कारखाना गोरखाबाट रिपोर्टिङ गर्दै आइरहेका छन् ।

२१ वर्षमै जिल्लाको अध्यक्ष चयन भएका दानी देशभरकै कान्छो जिल्ला अध्यक्ष बनेको प्रेस चौतारी नेपालले जनाएको छ ।

कार्यक्रममा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्य, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

निर्वाचित सम्पूर्ण नयाँ टिमलाई चौतारीका केन्द्रीय उपाध्यक्ष पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।