
काठमाडौँ, १५ माघ । सत्तारुढ गठबन्धन दलहरु अन्ततः स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने पक्षमा पुगेका छन् ।
आगामी जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएका उनीहरु ऐन संशोधनको पक्षमो पुगेको बताइएको छ ।
शनिबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन ऐन–२०७३ संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने निर्णय निकालेको बताइएको छ ।
ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने भएको गठबन्धनको जिकिर रहेको छ । यद्यपि नेकपा एमाले लगायतले समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गरिरहेको छ ।












प्रतिक्रिया