
काठमाडौँ, १५ माघ । अन्ततः जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनका दलहरु तयार भएका छन् ।
शनिबार बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।
सरकारले निर्वाचनका लागि निर्वाचन आयोगसँग पनि आवश्यक परामर्श गर्ने बताइएको छ ।
यसअघि ऐन संशोधन गरेर निर्वाचनका लागि आलटाल गरिरहेका दलहरुलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले समयमै निर्वाचन गर्न दवाव दिँदै आएको थियो ।












प्रतिक्रिया