
काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म संक्रमित हुनेको संख्या १० लाख ७३ हजार नाघेको छ ।
शनिबार सबैभन्दा धेरै काठमाडौँ जिल्लामा १ हजार ४०४ जना कोरोना पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिए मन्त्तालयलेज जनाएको छ ।
त्यस्तै, देशभर हाल ८७ हजार बढी सत्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेखित छ ।
त्यसैगरी शनिबार धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
हाल नेपालमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका २१ जिल्ला रहेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।
आज देशभर एकै दिनमा थप ५ हजार ९२४ जना कोरोनामुक्त भएका छन् ।












प्रतिक्रिया