८ कार्तिक २०८३, आइतबार

साढे १४ हजार परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना, ६ जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ४६१ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ९०४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ७३ हजार ८३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ जना रहेको छ ।

आज २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन् । हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।