१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको युटर्न, तत्कालै स्थानीय निर्वाचन गर्न प्रस्ताव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तत्काल गर्न प्रस्ताव गरेका छन् ।

यसअघि अनिर्णित बनेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ऐन २०७३ को संशोधन नगरी चाँडै स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

यसअघि निर्वाचन आयोगले पत्र लेखरै स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा गर्न सकिने भन्दै ध्यानाकर्षण गराएको थियो ।

सत्तारुढ गठबन्धनले भने निर्वाचनका लागि आलटाल गरिरहेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन निर्धारित समयमा नै गर्न आग्रह गरेको थियो । स्वार्थगत रुपमा मिति सारिए त्यसका विरुद्ध आन्दोलन गर्ने समेत एमालेले चेतावनी दिएको थियो ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीलाई स्थानीय निकायको निर्वाचन निर्धारित समयमा नै गराउन उचित हुने सुझाव दिएकी थिइन् ।

प्रधानमन्त्री देउवाले शनिबार बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचनतर्फ लागौँ भन्ने प्रस्ताव गरेको बताइएको छ ।

यद्यपि देउवाले निर्वाचन कहिले गर्ने भन्नेबारे चाँही खुलाएका छैनन् ।