
काठमाडौँ, १४ माघ । काठमाडौँ उपत्यका भित्र बस, टेम्पो र माइक्रोबसमा जोर बिजोर प्रणाली हटाउने निर्णय भएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो निर्णय माघ १४ गते राति १२ बजेदेखि लागू हुने भएको छ । माघ ७ गतेदेखि जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर झन् भीड बढेको भन्दै उल्लेखित सवारीमा जोर बिजोर हटाउन सीसीएमसीले सिफारिस गरेको थियो ।
यद्यपि निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने आदेशमा भनिएको छ ।
यस्ताे छ आदेश:















प्रतिक्रिया