१९ कार्तिक २०८३, बिहिबार

शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १४ माघ । व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ । त्यस दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगित भएको छ । –रासस