१९ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा २ हजार ९४० जनामा कोरोना संक्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा २ हजार १५३, ललितपुरमा ५१९ तथा भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण भएको हो स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौँमा मात्रै ३८ हजार २२ जना रहेका छन् । यस्तै ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित रहेका छन् भने देशभरी ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ७९१ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ६८ हजार ९३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।