
काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आफ्नो हैसियत सकिएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीले लामाचोक, पदमपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमको आज उदघाटनको अवसरमा बाेल्दै उनले जनमत नभएका पार्टीको हालत आगामी निर्वाचनमा देखिने बताउँदै भने, “आफ्नो हैसियत सकिएका स्याल र फ्याउराहरु हात्तीको ढाड चढेर सिंहलाई चुनौती दिंदै हिडेका छन । काँग्रेसले ढाडबाट खसालिदिएपछि प्रचण्ड र माधवको पार्टी धुलो पिठो हुन्छ”
नेता बस्नेतले एमाले जनाता, जनमत र जनताको मतको बिश्वास गर्ने बताए ।
त्यस्तै, उनले माओवादी र एकीकृत समाजवादीलाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।
अब देशमा कम्युनिष्ट र काँग्रेस दुई दलको मात्रै आवश्यकता रहेको बताउँदै बस्नेतले भने, ‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ ।’ उनले थपे, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’
पाँच दल मिल्दा पनि एमालेसँग डराएर निर्वाचन गर्न आलटाल गरेको नेता बस्नेतको भनाइ छ ।
उनले भने– “नेकपा एमाले स्थानिय निर्वाचनको सरकारमा रहेका पार्टीहरुलाई सुपारी दिन चाहन्छ, आउनुहोस निर्वाचनमा हेरौँ कसको हैसियत कस्तो छ ?”
चुनाव सार्ने र चुनावबाट भाग्नेहरुको युवा संघले हिसाब राख्ने र सधैं खबरदारी समेत गर्ने बस्नेतको भनाइ छ ।
निर्वाचन समयमै गराउन एमालेले जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।
जनाधार नभएका दलहरु क्याल्कुलेटरको हिसाबमा चुनाव हार्ने देखेर सरकारमा रहेकाहरु संविधानलाई छिद्र बनाउन लागिपरेको समेत बस्नेतले टिप्पणी गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेल, पुर्व केन्द्रिय सदस्य लक्ष्मण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय युवा संघ कालिकाका अध्यक्ष पुर्ण महतोको अध्यक्षतामा भएको कार्यक्रम ईन्चार्ज अमृत घिमिरेले संचालन गरेका थिए ।
कार्यक्रममा चितवन क्षेत्र नं २ का साम्सद कृष्णभक्त पोख्रेल, एमाले पार्टी जिल्ला सचिब प्रकाश खनाल, एमाले कालिका नगर सचिब शुदर्शन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया