१९ कार्तिक २०८३, बिहिबार

जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १४ माघ । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।

कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।

शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । –रासस