८ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगको दबाबपछि देउवा, प्रचण्ड र नेपालबीच छलफल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ। निर्वाचन आयोगले स्थानीय तहको चुनाव २२ वैशाखमा गर्नुपर्ने दबाब दिएपछि सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच शुक्रबार बिहान छलफल भएको छ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा १ घन्टा छलफल भएको हो।

समयमा नै चुनाव गर्नका लागि कांग्रेसका अन्य पदाधिकारीले समेत दबाब दिएपछि प्रधानमन्त्री देउवा अझ दबाबमा छन्। प्रचण्ड र नेपाल भने चुनाव सार्नुपर्ने पक्षमा छन्।