८ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ ।

भर्चुअल माध्यमबाट बस्ने उक्त बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको छ । आजको बैठकमा त्यही मात्रै एजेण्डा छ । पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको हो ।

वैधानिक व्यवस्था अनुसार नै पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागिएको कांग्रेसको भनाइ छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ ।