
काठमाडौं, १४ माघ । काँठे भाकाको गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ ।
प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको छ ।
रमाइलो शैलीको गीतको भिडियोलाई शिव बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही, रेशम फिरिरी, सन्तोष मगराती र चेतबहादुर बुढाथोकी स्वयम्को अभिनय समावेश छ ।
शिव न्यौपानेको छायांकन, पदम सुबेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो ।















प्रतिक्रिया