८ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकाका तीन सीडीओले नयाँ आदेश जारी गर्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ। कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि विभिन्न आदेश जारी गर्दै आएका काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले नयाँ आदेश जारी गर्ने भएका छन्।

त्यसका लागि जोर विजोर प्रणाली लागू भइसकेपछिको प्रभावकारीता र प्रतिक्रियाबारे समिक्षा गर्ने भएका छन्। काठमाडौंमा सक्रिय संक्रमितको संख्या उच्च रहेको छ। ‘यसबारे समिक्षा गरी भोली (शुक्रबार)सम्ममा नयाँ आदेश हुन सक्ने सम्भावना छ’, काठमाडौं प्रशासन स्रोतले भन्यो।

पछिल्ला दिनमा ओमिक्रोन संक्रमणको दर ह्वात्तै बढेको छ। काठमाडौंमा जोखिम बढेको र हटस्पट बन्न थालेपछि अघिल्लो सातादेखि सार्वजनिक र नीजि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो।