
काठमाडौं, १३ माघ। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री रेणु यादवले गौरमा दिएको अभिव्यक्ति गलत भएको बताएका थिए। एउटा अन्तरवार्ताका दौरान उनले पार्टीको बैठक बसी यसबारे धारणा सार्वजनिक गरिने बताएका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतको हविगत गौर हत्याकाण्डको जस्तो हुने धम्कीपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवको चर्को आलोचना भएको थियो। राष्ट्रिय सभा निर्वाचन मुखैमा भएका बेला बैठक नबसेका कारण यसबारेमा केही निर्णय लिन नसकिएको डा. भट्टराईको भनाई थियो।
तर मन्त्री यादवले भने आफ्नो अभिव्यक्तिको बचाऊ गरी विज्ञप्ति नै जारी गरिसकेकी छन्। जसपाभित्र मन्त्री यादवलाई फिर्ता बोलाउनुपर्छ भन्ने मत पनि बलियो छ। यो मत बलियो हुनुमा अन्तरविरोध पनि कायम रहेको स्पष्ट भएको छ।
अध्यक्ष उपेन्द्र यादव भने रेणुलाई मन्त्री पदबाट फिर्ता बोलाउने पक्षमा छैनन्। बरु अध्यक्ष यादव समूह भने उनको बचाऊमा लागेको छ।
‘अब बैठक बसेपछि मन्त्री पदबाट रेणुलाई फिर्ता बोलाउने न बोलाउने भन्ने विषयमा कुराकानी हुनेछ, यो असाधारण विषय बनिसकेको छ’, जसपा स्रोतले भन्यो,‘अनेकतिरबाट दबाब आएका कारण पार्टीले यसमा ठोस धारणा सार्वजनिक गर्नुपर्छ।’
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री यादव हटाउनका लागि पार्टीको दबाब परेको छ। यस्तै प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्री यादवको गृहजिल्ला सप्तरीबाट रणजित कर्णले यादवलाई मानवअधिकार हनन्का कारण मन्त्री पदबाट हटाउनका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन्।















प्रतिक्रिया