८ कार्तिक २०८३, आइतबार

नेपाली सेनाद्वारा अवैध लागूऔषध तथा एम्युनिशन/एक्सप्लोसिभ बरामद

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोलीले अवैध लागूऔषध तथा एम्युनिशन/एक्सप्लोसिभ बरामद गरेको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिद्धिबक्स गणबाट निकुञ्जध प्रशासनका कर्मचारीसहित परिचालित भएको एलआरपी टोलीले हिजो बुधबार फेला पारेको जनाएको छ ।

लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरुलाई पक्राउ गर्ने क्रममा उक्त मानिसहरु लागूऔषध, एम्युनिशन/एक्सप्लोसिभ तथा अन्य सामानहरू छाडी फरार भएकाले सामान मात्रै बरामद भएको बताइएको छ ।

सेनाले बरामद भएको सामान निकुञ्जु प्रशासनलाई बुझाएको जानकारी दिएको छ । सेनाले करीब २०० केजी गाँजा, ३९ वटा भरुवा बन्दुकको गोली, २०० ग्राम बारुद, १६ वटा बम पटका, करीब २ केजी गन्धक, १ थान प्याकिङ्ग डब्बा भएको सेफ सोली, दुई वटा टर्चलाइट, एउटा चार्जर र कपडा राखिएको झोला ४ वटा बरामद गरेको जनाएको छ ।