
काठमाडौँ, माघ १२ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने स्पष्ट भएको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले सबैभन्दा बलियो र आगामी निर्वाचनमा एक्लै जित्ने हैसियतमा रहेको पुष्टि गरेको बताएका छन् ।
माघ १२ गते भएको निर्वाचनमा एमालेको भन्दा झिनो मतले मात्रै विजयी हुनु र एमालेको आफ्नो मतभन्दा बढी मत खस्नुले आगामी निर्वाचनमा एमाले जित्ने पुष्टि भएको महासचिव पोखरेलको विश्लेषण छ ।
यस्तो छ महासचिव पोखरेलको विश्लेषणः
राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकी वहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।
तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेद्वारलाई प्राप्त भएको छ । यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।
गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् । पाँच दलीय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा (एमाले) का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् ।
यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ । अव हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।
परिणाम प्रतिकुल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा ९एमाले०का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।















प्रतिक्रिया