८ कार्तिक २०८३, आइतबार

कौण्डिन्य महासमाज महासंघ गठन, यस्तो बन्यो कार्यसमिति

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । अर्जुन प्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज महासंघ गठन भएको छ ।

महासमाजको अध्यक्षमा अर्जुन प्रसाद बन्जारा (बन्जारा तथा बञ्जाडे समाज) उपाध्यक्षमा बाबुराम आचार्य (आचार्य बन्धु समाज नेपाल), महासचिवमा बिष्णु प्रसाद बास्कोटा (बास्कोटा समाज) र सचिवमा पुरुसोत्तम पराजुली (पराजुली समाज नेपाल) चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा नारायण प्रसाद न्यौपाने (न्यौपाने समाज नेपाल) चयन भएका छन् । त्यस्तै सदस्यहरूमा दामोदर गैह्रे (गैह्रे–कल्याण समाज), ठाकुर प्रसाद सापकोटा (सापकोटा बंशावली कल्याण केन्द्र), जनक कुमार खड्का (लकाई खड्का समाज), बिराज प्याकुरेल (प्याकुरेल समाज), डा. गणेश प्रसाद पाठक (पाठक समाज), हरिबोल सत्याल (सत्याल समाज) चयन भएका छन् ।

झण्डै चार दर्जन जातहरु रहेको कौण्डिन्य गोत्रीय जातहरुको भेलाबाट गठित महासंघ गत पुस २२ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जनाइएको छ ।