८ कार्तिक २०८३, आइतबार

त्रिनेत्र कन्सल्टेन्सीले भन्यो– अलपत्र युवाको उद्धार आफैं गर्छौं, कारबाही नगरियोस्

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएईमा अलपत्र युवाहरू

काठमाडौं, १२ माघ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले अलपत्र युवाको उद्धार आफैले गर्ने बताएको छ ।

कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच जना नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसन’ श्रेष्ठलाई दिएको मन्त्रालयले जनाएको छ । यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको उजुरी मन्त्रालयमा आएपछि मन्त्री स्वयम्ले चासो लिएर कारबाही गर्ने चेतावनी त्रिनेत्रलाई दिएका थिए ।

मन्त्रीको सो चेतावनीपछि त्रिनेत्रले आफूद्वारा अलपत्र युवाहरूको आफैं उद्धार गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठले आकर्षक रोजगारी दिलाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ति वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिएका थिए ।